शनिबार, १२ जुलाई २०२५

५५४ जना कोरोना संक्रमित थपिए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2021-01-08 16:02:00
News Image
• • •

पछिल्लो २४ घण्टामा ५५४ जना कोरोना संक्रमित थपिएका छन्। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

गत चौबीस घन्टामा ५ हजार २ सय ६९ पीसीआर परीक्षण भएको छ।
हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन्।

शुक्रबार ५८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?