शनिबार, १२ जुलाई २०२५

पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

पाेखरा
2021-01-08 14:42:00
फाइल तस्वीर
• • •

पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका १२ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११:४७ बजे मृत्यु भएको हो।

उनी मधुमेहका बिरामी पनि थिइन्।

उनीमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?