कोरोना संक्रमणको दर थप बढ्दै गएपछि टोकियोमा आपतकाल घोषणा

photo:aa.com
photo:aa.com

कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ।

यो आपतकाल एक महिनासम्म जारी रहने छ। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन्।

आपत्कालिन घाेषणा गरिएसँगै अब जापानमा रेस्टुरेन्ट र बारमा बेलुका ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइने छ।

यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ।

तर अनलाइनमार्फत भने किनबेच गर्न पाइनेछ।

प्रधानमन्त्री सगाले विशेष गरी बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2021-01-08 07:54:00

प्रतिकृया दिनुहोस्