संसद भवनकाे हिंसात्मक घटना भयावह, निन्दनीय र अमेरिकी संस्कार विपरीत: ह्वाइट हाउस

बिएल संवाददाता

न्युयाेर्क

बिहिबार अमरेकी सदनमा भएको हिंसात्मक घटनाको ह्वाइटहाउले निन्दा गरेको छ।

शुक्रबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली मैकएनीले घटनाको कडा निन्दा गरेकी हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा फैलाएको हिंसामा परि चार जनाको मृत्यु भएको थियो।

उनले भनिन्,‘ह्वाइट हाउसका तर्फबाट म यो घटनाको कडा निन्दा गर्दछु। घटना भयावह, निन्दनीय र अमेरिकी संस्कार विपरीत छ।’

ट्रम्पका सयौं समर्थकहरूले अमेरिकी संसदमा आक्रमण गरी निर्वाचनमा उनको हारलाई उल्ट्याउने प्रयास गरेका थिए। 

राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसदको सत्रलाई रोक्ने र संसद भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए। 

ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद भवनका हलवेमा दौडेका थिए र विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए। 

हिंसात्मक घटनापछि राष्ट्रपति ट्रम्प दिनभर सार्वजनिक कार्यक्रममा देखिएनन्। उनका सामाजिक सञ्जालका अकाउन्ट पनि लक गरिएका थिए।

प्रकाशित मिति: : 2021-01-08 07:23:00

प्रतिकृया दिनुहोस्