क्रुजलाई बक्सिङ्ग खेल्न बिबरले दिए पुन: चुनौती

गतवर्ष हलिउड सुपरस्टार टम क्रुजलाई बक्सिङ्ग खेल्न चुनौती दिने पप स्टार जस्टिन बिबरले आफ्नो ‘जोक’ लाई पुनः निरन्तरता दिएका छन्।

उनले सामाजिक सन्जालमार्फत् क्रुजलाई पुनः चुनौती दिएका हुन्।

आफ्नो नयाँ म्युजिक भिडियो ‘एनिबन’को रिलिजको समयमा बक्सिङ्गको पहिरनमा एउटा भिडियो पोस्ट गर्दै ‘म क्रुजसँग बक्सिङ्ग खेल्न चाहन्छु’ भनेका थिए।  

त्यसपछि बिबरको चुनौतिको उत्तर दिँदै नायक क्रुजले आफू बिबरसँग बक्सिङ्ग नखेल्ने बताएका थिए। 

क्रुजले बिबर लोकप्रियताको बिषयमा आफूभन्दा धेरै अगाडी भएको र सायद बक्सिङ्गमा पनि अगाडी हुन् सक्ने बताएका थिए। 

यी दुई सुपरस्टारहरुको ‘जोक’माथि प्रशिद्ध बक्सर लगन पलले यदि यी दुईबीच बक्सिङ्ग भएमा आफू रेफ्री बस्ने विचार ब्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2021-01-07 18:03:00

प्रतिकृया दिनुहोस्