शनिबार, १२ जुलाई २०२५

५१३२ काे कोरोना परीक्षण, ४१२ मा संक्रमण पुष्टि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2021-01-07 16:02:00
News Image
• • •

पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

५१३२ मा कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ८३ जना कोरोना संक्रमित निको भएर फर्किएका छन्। योसहित निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३ पुगेको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?