खोनपानी मन्त्रीलाई नेकपा (प्रचण्ड)का विद्यार्थीले देखाए कालो झण्डा

खोनपानी मन्त्री मणि थापालाई नेकपा (प्रचण्ड)को विद्यार्थीले कालो झण्डा देखाएको छन्।

नेकपा (ओली)को पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई जिल्लामा आउँदा र जाँदा नै कालो झण्डा देखाइएको हो।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।

प्रतिनिधि सभा विघटनपछि प्रचण्ड-नेपाल पक्षधर सडक संघर्षमा उत्रिएको छ। अखिलले पनि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति: : 2021-01-06 11:59:00

प्रतिकृया दिनुहोस्