ललितपुर महानगरपालिकाले सवारी जामलाई कम गर्न नगर प्रहरीलाई तालिम दिने (भिडियाे)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले सवारी जामलाई मध्यनजर गर्दै नगर प्रहरीलाई तालिम दिन शुरू गरेको छ।

ललितपुर महानगरपालिकाको सुन्दरतालाई बढाउनका लागि महानगरभित्रका गल्लीहरूमा ‘पिक आवर’मा ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले तालिम दिन लागिएको प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।

‘नगरको सवारी जामलाई कम गर्न केही मद्दत होस् भन्ने हिसाबले तालिम दिन थालेको हौं,’ प्रमुख हाछेथुले भने, ‘यसले नगरको सौन्दयता बढाउछ भन्ने हाम्रो विश्वास छ।’

उनका अनुसार तालिममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी हवल्दार कमल कुवँरले दिनेछन्। 

तालिम इन्डोर र आउटडोर गरी दिनमा १ घण्टाका दरले १५ दिनसम्म चल्ने छ। 

नगर प्रहरीलाई आउटडोरअन्तर्गत सवारीलाई कसरी रोक्ने, पास कसरी गराउने, लगायतका तालिम दिइनेछ।

सवारी संकेत, ट्राफिक नियम, भीआईपी सवारी लगायतका विषयमा इन्डोर तालिम दिने प्रमुख हाछेथुले बताए। 

ललितपुर महानगरपालिकामा १५ जना महिलासहित ७३ जना नगर प्रहरी छन् जसमा २३ जना स्थायी र ५० जना अस्थायी छन्।

प्रकाशित मिति: : 2021-01-03 16:10:00

प्रतिकृया दिनुहोस्