युकेमा एक र पोर्चुगलमा दुई नेपालीको काेराेना संक्रमणबाट मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। यो साता युकेमा एक जना र पोर्चुगलमा दुई जना नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन  हुनेको संख्या ३ सय १५ पुगेको  छ ।

शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको समितिका संयोजक सञ्जीव सापकोटाले जनाकारी दिए। तीमध्ये  ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो । 

यस्तै यो साता  स्पेन, पोल्यान्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको उनले बताए ।

प्रकाशित मिति: : 2021-01-03 13:22:00

प्रतिकृया दिनुहोस्