ज्ञानमित्र
कोरोनाभाइरसका विविध पक्षहरु तथा यस विरुद्धका खोपका विषयमा केन्द्रित रहेर संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग रातोपाटीका लागि ज्ञानमित्रले लिएको अन्तर्वार्ताको सम्पादित उतार प्रस्तुत छ :
कोरोनाभाइरसको नयाँ स्ट्रेन देखापरेको चर्चा चलिरहेको छ । यस बारेमा के कति अपडेट हुनुहुन्छ ?
नयाँ स्ट्रेन अथवा भेरिएन्ट जे जस्ता नाम दिए पनि कोरोनाभाइरस महिनैपिच्छे वा समयक्रमअनुसार विस्तारै ससाना म्यूटेट हुन्छन् नै । यसले आप्mनो ‘रिप्लिका’ गर्ने (प्रतिलिपि बनाउने) बेलामा थुपै्र इररहरु पनि कपी गर्ने गर्छन् । त्यसमा पनि आरएनए भाइरसले चाहिँ एकदम बढी मात्रामा गर्छन् भन्ने भनाइ छ । त्यसले गर्दा कतिपय अवस्थामा हामीलाई थाहा नभइकनै पनि यो म्यूटेसन भइरहन्छ ।
प्राविधिक रुपमा उनीहरु दक्ष भएका कारण दक्षिण इङग्ल्यायाडमा संक्रमितको संख्या बढेको देखियो । कुनै यस्तो लहर आउनका लागि म्यूटेसन पनि एक प्रमुख कारण हुन सक्छन् । अरु पनि कारण हुन सक्छन् । किनभने यसले हाम्रो भएको एन्टीबडीलाई छलाउन सक्ने सम्भावना बढी हुन सक्छ । त्यही कारणले संक्रमणको लहर फेरि थपिन सक्छ । पहिले स्पेनबाट शुरु भई युरोपमा देखिएको दोस्रो लहरमा पनि भाइरसको जिनमा केही म्यूटेसन भएको देखिएको थियो । इङल्याडमा पनि दोस्रो लहर देखिएपछि संकलन गरेको नमुना हेर्दा भाइरसको बनावटमा परिवर्तन आएको देखियो । भेरिएन्ट अफ कन्सर्न (भीओसी) भनिन्छ, त्यसलाई 2020.12.01 भनेर नामकरण गरियो । त्यसलाई B.1.1.7 पनि भन्ने गरिन्छ । जसरी बुझिए पनि अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण इङग्याडमा सेप्टेम्वरदेखि डिसेम्वरसम्म आइपुग्दा दुईतिहाई भन्दा बढी संक्रमित यही नयाँ भाइरसका कारण भए भन्ने छ । अझ पछिल्लो अपडेट हेर्ने हो भने धेरैभन्दा धेरै अस्पतालहरु भरिभराउन हुन थाले भन्ने कुराहरु पनि आएका छन् । यो भाइरसको बारेमा अनुसन्धानहरु गर्दा बेलायतका वैज्ञानिकहरुले गणीतीय मोडलिंगको आधारमा यो भाइरसले आफुलाई तिव्र गतिमा फैलाउन सक्ने क्षमता वृद्धि गराएको पत्ता लगाएका छन् । भाइरस जति धेरै छिटो फैलियो त्यति मानिस प्रभावित हुने भएकोले यो चिन्ताको विषय बन्यो । त्यसले अस्पताल भर्ना हुनेको संख्या बढ्ने र जनस्वास्थ्यका जनशक्ति, स्रोत साधनहरु कमी हुने सम्भावना बढ्यो । फलतः बिरामीलाई पाउने गुणस्तरीय सेवा नपाउने र सक्ने, मृत्यु हुनेको संख्या बढ्ने सम्भावना हुन्छ ।