पछिल्लो २४ घण्टामा ४ सय २६ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।
५ हजार २ सय २५ जनामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित हालसम्म संक्रमित हुनेको कूल संख्या २ लाख ६१ हजार १९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ सय ४८ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ६४ पुगेको छ।