चीनमा पनि नयाँ स्वरूपकाे कोरोना भाइरस फेला

चीनमा पनि नयाँ स्वरूपकाे कोरोना भाइरस फेला परेको छ।

न्युज एजेन्सी रोयटर्सका अनुसार चीनकी २३ वर्षीया एक महिलामा नयाँ कोरोनाको संक्रमण पुष्टि भएको हो।

यो पहिलो मामिला देखिनासाथ चीनले कडा सतर्कता अपनाइएकाे छ।

नयाँ स्वरूप अझ संक्रामक बनेर हालै पहिलाेपटक बेलायतमा देखापरेकाे हाे।

जुन अहिले एकपछि अर्काे गरेर अन्य धेरै देशमा फैलिरहेको छ।

 बेलायतसँग धेरै देशले उडानमा प्रतिबन्ध लगाइसकेकाे छ।

कोरोनाको नयाँ प्रजाति पुरानोको तुलनामा ७० प्रतिशतसम्म बढी गतिमा फैलिने वैज्ञानिकले बताएका छन्।

फैलिने गति तीव्र भए पनि नयाँ किसिमको कोरोनाले निम्त्याउने स्वास्थ्य समस्या भने पहिलेकै जस्तो भएको खासै फरक नभएको बेलायतका वैज्ञानिकले दाबी गरेका छन्।

प्रकाशित मिति: : 2021-01-01 07:43:00

प्रतिकृया दिनुहोस्