उखु किसानको बक्यौता एक महिनाभित्र तिराउन सरकारलाई आदेश

बिएल संवाददाता

काठमाडाै‌ं

 सर्वोच्च अदालतले उखु किसानको बक्यौता एक महिनाभित्र तिराउने व्यवस्था गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बक्यौता आगामी माघ १६ गतेसम्म तिर्न तिराउन अन्तरिम आदेश जारी गरेको हो।

उखु किसानहरु विगत १९ दिनदेखि चिनी उद्योगहरुबाट आफूले पाउनुपर्ने बक्यौता पाउन राजधानीको माइतीघर मण्डलामा आन्दोलनरत छन्।

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालगायतले दायर गरेको रिटलाई सार्वजनिक चासोको विषय भएको भनी अग्राधिकार दिएर पेश गरिएको हो।

प्रकाशित मिति: : 2020-12-31 21:30:00

प्रतिकृया दिनुहोस्