शनिबार, १२ जुलाई २०२५

६ हजार नमुना परीक्षण, ५३४ मा कोरोना संक्रमण

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-12-31 16:32:00
News Image
• • •

पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यससँगै कूल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ। उनीहरुमध्ये २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ६ हजार ३७८ संक्रिय संक्रमित छन्। उनीहरुमध्ये २८७२ जना होम आइसोलेसनमा छन् भने २३६ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

१८५६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?