तमु ल्होसार जुममार्फत् मनाइँदै

बिएल संवाददाता

काठमाडाै‌ं

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार सीमित व्यक्तिमाझ मनाउने भएका छन् ।

तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्) मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शनी गर्ने गरिन्थ्यो । तर याे वर्ष काेराेना भाइरसकाे कारण सबैलाई घरैमा बसेर मनाउन सरकारले आग्रह गरेकाे छ।

छोंजधिका अध्यक्ष रेशम गुरुङका अनुसार ल्होसारको मुख्य दिन बुधबार अनलाइनबाट आयोजना गर्ने र उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिने छन्। 

त्यसैगरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताले समेत शुभकामना दिने छन् । जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूबीच शुभकामना आदानप्रदान गरिने अध्यक्ष गुरुङले जनाएका छन् ।

प्रकाशित मिति: : 2020-12-30 08:03:00

प्रतिकृया दिनुहोस्