भारतका चर्चित यौन विज्ञ डा महिन्दर वात्साको निधन

भारतका चर्चित यौन विज्ञ डा महिन्दर वात्साको निधन भएको छ।

उनको ९६ वर्षको उमेरमा सोमबार निधन भएको हो।

डा वात्सा पत्रिकामा नियमित स्तम्भमार्फत भारतीय नागरिकको यौन जिज्ञासा मेटाउने गरेका थिए।

उनले एक दशकभन्दा लामो समयसम्म ‘आस्क द सेक्सपर्ट’ स्तम्भ लेखेका थिए।

जसमार्फत उनले हजारौं भारतीयका यौनसम्बन्धी प्रश्नको जवाफ दिने गरेका थिए।

उनको मृत्युको कारण कुनै रोग हो वा होइन भन्नेबारे प्रस्ट पारिएको छैन। 

प्रकाशित मिति: : 2020-12-29 08:19:00

प्रतिकृया दिनुहोस्