हन्डर ठक्कर खाँदै रामजी राम एमबीबीएस

शिलापत्र

काठमाडौँ

सागर चन्द

सबै कुरा ठीकठाक भएको भए रामजी राम यतिखेर वीरगञ्जमा बसेर पुस अन्तिम साताबाट सुरु हुने एमबीबीएस परीक्षाको तयारी गरिरहेका हुन्थे । तर, उनी यतिखेर काठमाडौंमा पो छन् । 

‘किन ?’

‘एमबीबीएसको शुल्क जोहो गर्न ।’

टेकुको पछिल्तिर बागमती किनारमा सुकुमबासी बस्ती छ । त्यही बस्तीको एक घरमा भेटिए, रामजी । परीक्षाको मुखमै शुल्कको जोहोमा लाग्दा परीक्षा बिग्रेला भन्ने चिन्ता छ, उनलाई । शुल्क जोहो भएपछि जतिसक्दो छिटो वीरगञ्ज फर्किने उनकाे याेजना छ ।

वीरगञ्जको नेसनल मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत रामजीलाई कलेजले शुल्क नतिरेपछि परीक्षामा सामेल नगराउने धम्की दियो । वीरगञ्जमा शुल्कको जोहो गर्न नसकेपछि उनी सहयोग खोज्दै/माग्दै काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित मिति: : 2020-12-28 20:03:00

प्रतिकृया दिनुहोस्