तत्कालीन स्वास्थ्यमन्त्री ढकालका विज्ञ सल्लाहकारले दिए राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।

आइतबार उनले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

‘जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उहाँले राजीनामा दिनुभएको हो,’ स्रोतले भन्यो।

गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालीन स्वास्थ्यमन्त्री ढकालको विज्ञ सल्लाहकारमा नियुक्त गरेको थियो । 

प्रकाशित मिति: : 2020-12-28 12:00:00

प्रतिकृया दिनुहोस्