सरकारविरुद्ध कांग्रेस पर्साले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

सरकारविरुद्धमा कांग्रेस पर्साले भाेलि जिल्लाको ४ वटै संसदीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

केन्द्रीय निर्णय अनुसार कांग्रेसले देशभरको संसदीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै छ। 

संसद विघटन असंवैधानिविरुद्ध भाेलि प्रदर्शन गर्न लागेको कांग्रेस पर्साले जानाएको छ। 

कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी आइतबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। 

सरकार सर्वसत्तावादी, दमनकारी विभेदकारी व्यवहार गर्दै हिँडेको र कोभिड–१९ अर्थात कोरोना भाईरसको नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थय सामग्री खरीदमा भ्रष्टाचार गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गर्न कांग्रेसको केन्द्रीय कार्यालयले देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ।

उक्त निर्देशन अनुसार नै पर्साका चार वाटै निर्वाचन क्षेत्रमा कांग्रेस पर्साले विरोध प्रदर्शन गर्नलागेको जिल्ला सभापति द्विवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 भोलि सोमबार बिहान ११ः३० बजेको समयमा पर्सा संसदीय निर्वाचन क्षेत्र १,को घण्टाघर चोकमा प्रदर्शन हुनेछ भने संसदीय क्षेत्र २ बहूदरमाई नगरपलिकाको डोकैला बहूअरी चोकमा गर्नेछन। 

यसैगरी संसदीय निर्वाचन क्षेत्र ३ को पोखरियामा प्रदर्शन गर्ने छ भने संसदिय निर्वाचन क्षेत्र ४ को लंगडीमा प्रदर्शन हुने। 

प्रकाशित मिति: : 2020-12-27 17:02:00

प्रतिकृया दिनुहोस्