शनिबार, १२ जुलाई २०२५

कोरोना विशेष अस्पतालमा बिरामी फरार

बिएल संवाददाता

बिएल संवाददाता

बुटवल
2020-12-27 11:54:00
News Image
• • •

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक बिरामी भागेका छन् ।

पुस ८ गते कोरोना पोजेटिभ देखिएका बुटवल १३ का ५५ वर्षीय पुरुष आइतबार बिहान शौचालय गएर भागेकाे अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

आइतबार परिवारका सदस्य बोलाइ सल्लाह गर्ने भनिएको भन्दै उनले बिहान ६ नबज्दै शौच गर्न गएका बिरामी भागेको थापाले बताए ।

‘अक्सिजन नलगाइकन औषधि उपचार भइरहेको थियो,’ उनले भने, ‘बिरामीले घर जाने भन्दै शनिबार साँझदेखि नै भनिरहनु भएको थियो ।’ 

अस्पताल प्रशासनका अनुसार ती बिरामीको खोजी भइरहेको छ ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?