इलाका प्रशासन प्रमुख नियन्त्रणमा

Breaknlinks
Breaknlinks

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । 
    
‘हामीले जिप्रकाको आदेशलाई मानेका हौँ’, प्रहरी प्रवक्ता राकेश थापाले भने, ‘खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौं ।’
    
उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: : 2020-12-27 11:30:00

प्रतिकृया दिनुहोस्