आर्सनलसँग चेल्सीकाे लज्जास्पद हार

बिएल संवाददाता

काठमाडाै‌ं

लन्डन डर्वीमा आर्सनलसँग चेल्सीले लज्जास्पद हार बेहोरेको छ। इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले हराएको हो।

आर्सनलका लागि एलेसान्द्रे लाकाजेट्टी, ग्रानिट झाँका र बुकायो साकाले गोल गरे। ट्याम्मी अब्राहमको गोल सान्त्वना बन्यो।

आर्सनलले खेलको ३४औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो। रिस जेम्सले पेनाल्टी बक्समा टाएरनेलाई लडाएपछि प्राप्त पेनाल्टीमा लाकाजेट्टीले गोल गोल गरे। 

४४औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए।

५६औं मिनेटमा बुकायो साकाले गोल गरे।  ८५औं मिनेटमा ट्याम्मी अब्राहमले कलुम हड्सन ओडोइको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाब्लो मारीले मासन माउन्टलाई पलल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो।

तर जर्गिन्होले पेनाल्टी चुकाउदा चेल्सीले गोलअन्तर घटाउन सकेन।  

जितसँगै आर्सनल १५ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा उक्लिएकाे छ। हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। चेल्सी १५ खेलबाट २५ अंक जोडेर सातौ स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2020-12-27 07:08:00

प्रतिकृया दिनुहोस्