हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। पहाडी क्षेत्रमा मौसम केही प्रभावित हुने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखााका अनुसार यतिबेला देशभरको मौसम सामान्यतया सफा छ तर तराईरपहाडका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ।
शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
यसैगरी राति प्रदेश १ मा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।
यसैबीच चिसो रहिरहने तथा तराई र पहाडि भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान
पुस १० गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस११ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस१२ गते (आइतबार)
दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
राती : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।