लोकान्तर
आधुनिक लोकतन्त्रको अभ्यास भएको दुई शताब्दी नाघिसक्दा पनि यसलाई व्यावहारिक रूपमा सर्वसाधारणको दैनिकीलाई सम्बोधन गर्नेगरी कसरी घरदैलोमा पुर्याउने, लोकतन्त्रलाई कसरी जीवन पद्धति बनाउने र मानवीय मूल्य एवं सामाजिक न्यायलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा शासकीय प्रणालीहरू प्रस्ट छैनन् । लोकतन्त्रलाई प्राविधिकबाट कार्यमूलक बनाउन नीति नेतृत्व गर्ने राजनीति र प्रणाली धान्ने प्रशासन अल्मलिएका छन् ।
सार्वजनिक प्रशासन राज्य सञ्चालनको निर्विकल्प संयन्त्र, विधि र प्रक्रिया हो तर यो निकै आलोचित छ । राजनीतिक प्रणालीमार्फत राज्यप्रक्रियामा जनप्रतिनिधित्व हुने जनभावनालाई राज्यइच्छामा बदल्न र राज्यइच्छाका रूप लिइसकेपछि त्यसलाई कार्यरूप दिन सार्वजनिक प्रशासनको क्रियाशीलता कमजोर छ ।
यो व्यवस्थित अनुशासन र स्वायत्त संयन्त्र भएर पनि राजनीतिक प्रणालीबाट निरपेक्ष रहन सक्दैन । राजनीतिसँगै रहेर व्यावसायिक स्वयात्ततामा रहनु यसको चरित्र र चुनौती दुवै हो ।
लोकतन्त्रको सामान्य अर्थ सर्वसाधारणलाई सार्वभौम मान्ने प्रणाली हो । सार्वजनिक प्रशासन लोकतान्त्रिक विधिबाट राज्यप्रक्रियामा उन्नयन भएका राज्यइच्छाको कार्यान्वयनमार्फत लोकतन्त्रको वितरण गर्दछ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया