दक्षिण भारतीय चलचित्र अभिनेत्री रकुल प्रित सिंह कोरोना संक्रमित भएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएका जानकारी दिएकी हुन्।
‘मेरो कोरोना रिपोट पोजेटिभ आएको छ’ उनले भनिन् ‘म क्वारेन्टाइनमा बसेर आराम गरिरहेको छु। ठिक छु। छिट्टै छायाँकनमा समेत फर्किनेछु।’
सिंहले आफुसँग सम्पर्कमा आएका ब्यक्तिहरुलाई पनि कोरोना टेष्ट गर्न र सुरक्षित रहन अनुरोध गरेकी छन्।