संवैधानिक परिषदले अख्तियारमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्चमा रिट

संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। 

संवैधानिक परिषदले संसदीय सुनुवाइविनै नियुक्ति सदर गर्ने बदनियतका साथ अख्तियारलगायत विभिन्न संवैधानिक निकायमा ४५ जना पदाधिकारी सिफारिस गरेको जिकिरसहित मंगलबार रिट पेश गरेको सुलभ खरेलले जानकारी दिए। 

संवैधानिक परिषदका बहुमत सदस्यले सिफारिस गर्न सक्ने अध्यादेश अनुसार मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले ४५ जना ‍पदाधिकारी नियुक्ति सिफारिस गरेका थिए।

गत मंसिर ३० गते भएको निर्णय पुस ५ गते बल्ल सार्वजनिक भएको थियो।

संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वत: नियुक्त हुने प्रावधान छ। प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रेमकुमार राई (प्रमुख आयक्त)

जयबहादुर चन्द (आयुक्त)

किशोरकुमार सिलवाल (आयुक्त)

प्रकाशित मिति: : 2020-12-22 16:47:00

प्रतिकृया दिनुहोस्