शनिबार, १२ जुलाई २०२५

‘द सिफर’मा जेनिफर लोपेज

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-12-21 14:14:00
News Image
• • •

गायिका तथा नायिका जेनिफर लोपेजले लोपेज इसाबेला माल्डेनैडोद्वारा लिखित यो वर्षको ‘बेस्ट सेलर’ उपन्यास ‘द सिफर’मा अभिनय गर्ने पक्का भएको भेराइटी डटकमले जनाएको छ।

यसै नाममा निर्माण हुने यो सिनेमामा नायिका लोपेज एफबिआइ एजेण्टको भूमिकामा देखिने छिन र उनको चरित्रको नाम निना गुरेरा हुनेछ। 

स्वयम नायिका लोपेजले निर्माण गर्ने यो सिनेमा नेट्फ़्लिक्सबाट रिलिज हुनेछ।

२४ जुलाई १९६९ को दिन क्यासल हिल, न्युयोर्कमा जन्मेकी नायिका लोपेजले अभिनय गरेका सिनेमाहरुमा सलेना, सेकेण्ड एक्ट, एनाकोण्डा, पार्कर, द सेल आदि हुन्।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?