शनिबार, १२ जुलाई २०२५

सिनेमाकाे ट्रेलर नै सात घण्टा !

News Image
• • •

यदि ट्रेलर नै सात घण्टा को हुन्छ भने त्यो सिनेमा कति लामो होला? 

स्विडेनका चर्चित निर्देशक आन्द्रेस बेबर्गद्वारा निर्मित र निर्देशित सिनेमा एबिएन्स पुरै हेर्नलाई करिव एक महिना लाग्ने छ।

 सन् २०१८ देखि निर्माण भइरहेको यो सिनेमाको  ४सय ३९ मिनेटको ट्रेलर हालै सार्बजनिक भएको हो।

दुई नाट्य कलाकारहरुको दक्षिणी स्वीडनको एउटा समुन्द्री किनार (बीच)मा भेट हुन्छ र त्यसै बाट कथा अगाडी बढ्छ।

 निर्देशक बेबर्गले पनि अभिनय गरेको यो सिनेमा हालसम्मको सबैभन्दा लामो सिनेमा हो र यसमा कुनै कट छैन अर्थात् सबै दृशहरु एक टेकमा ओके भएको हो।

स्विडिस भाषामा निर्माण भएको यो सिनेमा ३१ डिसेम्बर २०२० मा रिलिज हुनेछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?