प्रधानमन्त्रीकाे प्रतिगामी कदम लागू हुन दिन्नाैं: प्रवक्ता श्रेष्ठ

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा यो लागु हुननसक्ने बताएका छन्।

‘आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिस गैर संवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागु हुन सक्दैन। यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरु एक होऔँ,' उनले लेखेका छन्।

प्रकाशित मिति: : 2020-12-20 12:42:00

प्रतिकृया दिनुहोस्