शनिबार, १२ जुलाई २०२५

मेकअप गर्न प्रियंकासँग सिक्नुपर्छ: केटी लोबेस

News Image
• • •

हलिउडकी सेक्सी नायिका केटी लोबेसले आकर्षक रुपले मेकअप गर्न प्रियंका चोपडासँग सिक्नुपर्ने बताएकी छिन्।

स्क्यान्डल नामक टेलिभिजन कार्यक्रममा बोल्दै नायिका लोबेसले आफूलाई मेकअप टिप्स दिएकोमा धन्यवाद समेत दिइन्। 

 यसका साथै उनले नायिका चोपडासँग आफ्नो तस्वीर पनि सामाजिक सन्जालहरुमा पोष्ट गरेकी छिन्। 

हाल नायिका चोपडा सन् १९९० को चर्चित टेलिभिजन सिरियल बे वाचमा आधारित सोही नामको सिनेमाको सुटिङमा ब्यस्त छिन्।

यस्तै २२ सेप्टेब्मर १९८१ को दिन न्युयोर्कमा जन्मेकी नायिका लोबेसले अभिनय गरेको केही चर्चित सिनेमाहरुमा स्क्यानडल, जुटोपिया, बिग हिरो सिक्स, फ्रोजन, बियर द जब आदि रहेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?