विश्व कोभिड–१९ को त्रासमा रहेको बेला ३२ वर्षीय सौरभ रिमाल भने बाटोमा भोका जनावरलाई खाना ख्वाउन तल्लीन थिए। उनले दुःखको बेला भोका मानिसलाई मात्र होइन, छाडा छोडेका जनावरलाई पनि खाना ख्वाए।
सौरभ डिस्कोभर सिटी प्राइभेट लिमिटेडका सञ्चालक हुन्। तर, उनी जनावर भोको भएको हेर्न सक्दैनन्। उनी लकडाउनअघि नै कुकुर तथा बाँदरलगायत जनावरलाई खाना बाँड्थे। मानिसहरू कोभिडको डरमा घरभित्र थन्किएको बेला उनी जनावरको चिन्ता गर्थे।
उनको मनमा विभिन्न विचार आउँथ्यो–अरुले दिएको खाना खाना ती जनावरहरू कठैं के खाएर बाँचे होलान्? यस्तै कुरामा मनमा खेलाउने गरेका सौरभ दिनहुुँ घरबाट बाहिर निस्किन्थे र जनावरलाई भरपेट खाना ख्वाउँथे।
यसका लागि उनले सुरक्षाको पनि उपाय अपनाएका थिए। तर, एकदिन खाना बाँड्ने क्रममा ललितपुर नगरपालिका पुुगेपछि उनलाई स्यानिटाइजरको अभाव भयो। उनले आफै स्यानिटाइजर बनाउने निर्णय गरे। पछि उनले आफूले बनाएको स्यानिटाइजर नेपाल आर्मी, ट्राफिक, प्रहरी प्रशासन तथा मन्त्रालयसम्म वितरण गरे।
नेपालमा कोभिड बढेपछि सरकारले चैत ९ गते लकडाउनको घोषणा ग¥यो। यसले सौरभलाई झन् बढी निरास तुल्यायो। उनी आफ्नो र परिवारको लागिभन्दा पनि जनावरका लागि चिन्तित थिए।
तर, ट्राफिक प्रहरीलाई स्यानिटाइजर उपलब्ध गराएको उनको अघिल्लो सेवाले यहाँ काम ग¥यो। ट्राफिककै सहयोगले लकडाउनको बेला उनले कुकुरदेखि बाँदरसम्मलाई खाना ख्वाए।
सुुरुसुरुमा उनी २५–३० वटा कुकुुरलाई खाना दिन्थे। जुन उनी आफै घरबाट पकाएर लैजान्थे। त्यतिबेला उनलाई सहयोग गर्ने कोही थिएनन्। समय बित्दै जाँदा सय–डेढ सय कुकुर उनीसँग झुम्मिन थाले।
‘खाना ख्वाउँछु भनेर मात्र हुुदैन। भित्री मनदेखि नै मायाको भावना पलाउनुु पर्छ,’ उनले बिएल नेपाली सेवासँग भने। पछिल्लो समय उनीसँग आलोक योञ्जन जोडिन पुुगेका थिए। उनी कमलादीस्थित डल्ले रेस्टुरेन्टका मालिक हुुन्। उनकै रेस्टुरेन्टबाट हाल सौरभले खाना उपलब्ध गराउन थालेका हुन्।
‘कुकुरलाई हामी भातका साथै मासुु पनि दिन्थ्यौं। कुकुुर भन्दैमा नराम्रो खानेकुरा दिनु हुुदैन,’ उनले भने, ‘हामी उनीहरूका लागि हड्डी बिनाको मासुु र कलेजोको तरकारी बनाइदिन्थ्यौं।’
उनले बाँदरका लागि भने फलफुलको जोहो गर्ने गरेका छन्। ‘बाँदरले खाने भनेकै फलफुुल न हो। उनीहरूलाई पेटभरि दिए पुगिहाल्छ नि,’ उनले भने। उनले कुकुुर र बाँदरका लागि दिनमा १० हजार खर्च हुने बताए।
‘बाँदरलाई ५ हजार र कुकुरलाई ५ हजार छुुट्टयाएका छौं,’ उनले भने, ‘पेट्रोल र डिजलका लागि छुुट्टै २ हजार लाग्छ।’
कसैको सहयोग नभएको दिन उनी एकपटक मात्र जनावरलाई खाना ख्वाउन सक्छन्। ‘मेरो चाहना छ, दिनमा एकपल्ट भएपनि उसले खाना खान पाओस्,’ उनले भने।
पहिलेको तुलनामा अहिले उनलाई केही सहज भएको छ। पहिले खाना दिँदा कुकुर खोज्नुुपथ्र्यो। आजभोलि मलाई देख्नेवित्तिकै आफै आउँछन्,’ उनले भने, ‘मान्छेले जनावरलाई जस्तो व्यवहार गर्छ, जनावरले पनि त्यस्तै गर्ने हो। हामीले माया ग¥यौं भने उनीहरूले पनि उत्तिकै गर्छन। बिना गल्ती कुनै पनि जनावरले मान्छेलाई झम्टिन आउँदैन।’
कमल पोखरीका स्थायी वासिन्दा सौरभ हाल हात्तिवनस्थित अपार्टमेन्टमा बसोबास गर्ने गर्छन। उनी सानो हुँदा टोलमा कुकुर मरेको देख्थे। यसको कारण आफूूभन्दा ठूलालाई सोध्दा उत्तर आउँथ्यो, ‘पागल कुकुर हो।’
उनलाई लामो समयसम्म यस्तै लाग्थ्यो। कुकुरहरू पागल भएर मर्छन कि क्या हो! तर, ठूलो भएपछि थाहा पाए, कुकुरहरू पागल भएर होइन, भोकका कारण मरेका हुन्।’
उनले हाल गरिरहेको काममा सरकारीस्तरबाट कुनै सहयोग पाएका छैनन्। तर, देशविदेशमा बसोबास गर्ने नेपाली दाजुुभाई–दिदीबहिनीले भने सहयोग गरिरहेका छन्।
‘अहिलेको जमानामा सय रुपैयाँ कसैलाई पत्याउँदैनन्। तर, मलाई हजारदेखि लाखसम्मको सहयोग गरेर मेरो कामको मूल्यांकन गर्नुभएको छ। यसले झन् कामगर्न उर्जा थपेको छ,’ उनले भने।
विदेशबाट सहयोग गरेको रकमले उनले काठमाडौंभित्र मात्र होइन, बाहिर गएर पनि अभावमा बाँचेका मानिसहरूलाई राशन वितरण गरेका छन्। उनको धारणा छ, एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्नुपर्छ।
आफूले गरेको कामप्रति भने उनलाई सन्तुष्टी रहेछ। उनी भन्छन्, ‘जहिलेसम्म शरीरमा श्वास रहन्छ, भोका मानिस र जनावरलाई खाना ख्वाउने काम छोड्दिन।’
भिडियाे/तस्वीर: शनि शाक्य/ब्रेकएन्ड लिंक्स्
great