शनिबार, १२ जुलाई २०२५

नेपालगञ्ज – हुम्ला हवाई भाडादर सस्तियो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-12-17 11:55:00
News Image
• • •

मंसिर अन्तिम सातादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ ।

एयरलाइन्सले १२ सय ९५ रुपैँया भाडा घटाएको हो ।यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले ५ हजार ३०० कायम गरेको छ ।

नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिन थालेपछि केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन
दबाब परेको हो । सोही अनुसार बुधबारदेखि भाडादर घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९०० भाडादर रहेको उनले जानकारी दिए । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?