गाँजाको अवैध खेती बढ्दो : साढे २ वर्षमा २३ लाख ८४ हजार ९८२ बोट नष्‍ट

देखापढी

काठमाडौँ

 

जङ्‌ग तामाङ

नेपालमा लागुऔषध गाँजा उत्पादन अस्वाभाविकरूपमा बढेको देखिएको छ।

नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी), जिल्ला प्रहरी र त्यस मातहतका प्रहरी इकाइहरूले बर्सेनी गाँजा फडानी गर्दै आएपनि गाँजाको उत्पादनमा अत्यधिक वृद्धि भएको देखिएको हो। गाँजा उत्पादनको क्षेत्रफल पनि बढेको पाइएको छ।

पछिल्लो अढाई वर्षमा चार हजार ७६१ रोपनी र एक हजार ८८७ विगाहा क्षेत्रफलमा २३ लाख ८४ हजार ९८२ वटा गाँजा उत्पादन भएको देखिएको छ।

चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिक महिनासम्ममा प्रहरीले १२ लाख २१ हजार ४३२ वटा गाँजाको बोट नस्ट गरेको छ। 
मंसिरमा पनि प्रहरीले मकवानपुर, बारालगायत जिल्लामा गाँजा खेती फडानी गरेको छ। उक्त विवरण आउन बाँकी छ।

जसले चालु आर्थिक वर्षमा गाँजा नस्ट गरेको विवरण अझ बढ्ने निश्चित छ।

जबकी आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ६५ हजार ५८ बोट गाँजा प्रहरीले नस्ट गरेको थियो। त्यसअघि एक लाख ९८ हजार ४९२ वटा गाँजाको बोट प्रहरीले नस्ट गरेको केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। 

ब्यूरोका अनुसार गाँजा खेती नस्ट गरेको सम्बन्धिको यो तथ्याङ्क गाँजा खेती गरेको भन्ने प्राप्त सूचनाको आधारमा गएको प्रहरी टोलीले फडान गरी नस्ट गरेको मात्रैको विवरण हो। 

प्रकाशित मिति: : 2020-12-16 13:21:00

प्रतिकृया दिनुहोस्