बिएल संवाददाता
लामो दबाबपछि अन्ततः अमेरिकी प्रशासनले फाइजर र बायोनटेकलाई स्वीकृति प्रदान गरेको छ। अमेरिकामा दैनिक ३ हजारको हाराहारीमा मानिसहरूको निधन हुन थालेपछि डोनाल्ड ट्रम्प प्रशासनमाथि दबाब बढेको थियो।
यसै साता बेलायतले छोटो अवधिमा सबै प्रक्रिया पूरा गरेर फाइजर–बायोनटेकलाई स्वीकृति प्रदान गरेको थियो।
बेलायतमा सरकारले स्वीकृति प्रदान गरेको एक साता पनि नबित्दै कोरोनाविरूद्ध खोप लगाउने कार्यको पनि शुभारम्भ भइसकेको छ।
कम्पनीले फाइजर–बायोनटेकको प्रभाव ९५ प्रतिशत सकारात्मक रहेको दावी गर्दै आएको थियो। बेलायतमा खोप सुरु भएपछि अमेरिकामा पनि दबाब बढ्दै गएको थियो। तर, ट्रम्प प्रशासन फाइजर–बायोनटेकलाई सहजै स्वीकृति दिने पक्षमा थिएन।
अर्को महिना डेमोक्र्याटिक पार्टीका निर्वाचित राष्ट्रपति जो वाइडेनलाई सत्ता सुम्पिन लागेका ट्रम्पमाथि यसपालि दबाब बढेको प्रस्ट बुझ्न सकिन्छ। किनभने फाइजर–बायोनटेकले धेरैअघि स्वीकृतिका लागि निवेदन दिएका थिए। तर, उनीहरूको निवेदनलाई वास्ता गरिएको थिएन।
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले शनिबार स्वीकृति प्रदान गरेको हो। यो औषधिलाई स्वीकृति प्रदान गर्ने अमेरिका तेस्रो राष्ट्र भएको छ। बेलायतपछि क्यानेडाले फाइजर–बायोनटेकलाई स्वीकृति दिएको थियो।
हाल अमेरिकाले स्वीकृति प्रदान गरेपछि मेक्सिकोले पनि इमर्जेन्सी प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।
अमेरिकाको तयारी अपूरो भएपछि लस एञ्जेलस सहरमा टेन्टको सहाराले कृत्तिम अस्पताल निर्माण गर्दै खोप लगाउने कार्यको शुभारम्भ गरिने भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया