कोरोना संक्रमणबाट नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमणका कारण सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्वनेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ।

दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको हाे।

आइसियूमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएकाे लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्।

लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। 

लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।

उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-10 07:40:00

प्रतिकृया दिनुहोस्