बारामा ओनेरेक्ससहित एकजना पक्राउ

बारामा लागूऔषध ओनेरेक्ससहित एकजना पक्राउ गरेकाे छ। 

सशस्त्र प्रहरी सुरक्षा बेस जीतपुरबाट खटिएकाे प्रहरीको टोलीले लागूऔषध ओनेरेक्स एक सय एम एलको ५५० बोतलसहित पर्साको पकहामैनपुर गाउँपालिका १ बस्ने २२ बर्षीय जीतेन्द्र सहनीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले जीतपुरसिमरा उप-महानगरपालिका ७ केराढोकास्थित सडकखण्डमा शंकाको आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको हो l 

पक्राउ परेका सहनी माथी जिल्ला अदालत बाराबाट  ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-08 15:56:00

प्रतिकृया दिनुहोस्