शनिबार, १२ जुलाई २०२५

लकडाउनकाे नियम उल्लंघन गरेकी नायिका ओराले तिरिन् दश हजार पाउण्ड जरिवाना

News Image
• • •

बेलायती गायिका, नायिका र गीतकार रिटा ओराले आफूले लकडाउनको नियम उल्लंघन गरेको स्वीकार गर्दै क्षमा मागेकी छिन्।

गत २१ नोभेम्बरमा इजिप्टको राजधानी कायरोमा आफ्नो सांगीतिक कार्यक्रम पश्चात १४ दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियमलाई नमानेर उनले २८ नोभेम्बरको दिन आफ्नो जन्म दिन पार्टीको आयोजना गरेकी थिइन्।

उनले आफ्नो यो गतिबिधि प्रति माफी माग्दै दश हजार पाउण्ड जरिवाना पनि तिरेकी छिन्। 

२६ नोभेम्बर १९९० मा तत्कालिन युगोस्लोभाकियामा जन्मेकी ओराका फोनिक्स, योर सङ्ग, एनी व्हेर र लेट यु लभ मि जस्ता सफल सांगितिक एलबम का साथ् फिफ्टी सेड्स अफ ग्रे, साउथ पब, गर्ल यू बेटर वाक, अर्थ जस्ता सफल सिनेमाहरु रिलिज भइसकेका छन्।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?