काैशलटार कार दुर्घटना: एकको मृत्यु, ३ घाइते

भक्तपुरको मध्यपुरथिमि नगरपालिका ३ काैशलटारमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको हाे।

दुर्घटनामा काठमाडौं महानगरपालिका ४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

अचेत अवस्थामा उद्धार गरी मध्यपुर अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।

दुर्घटनामा कार चालक मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक ४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएका छन् ।

परिसरले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: : 2020-12-06 13:09:00

प्रतिकृया दिनुहोस्