शनिबार, १२ जुलाई २०२५

दुई सय मिलियन डलरमा बनेकाे ‘मुलन’लाई समिक्षककाे सकरात्मक प्रतिक्रिया

News Image
• • •

निकी कारोद्वारा निर्देशित चलचित्र ‘मुलन’को स्टन्ट दृश्य विस्फोटक भएको समिक्षकहरुले बताएका छन्। 

चीन, काजकिस्थान, मंगोलिया, न्युजिल्याण्ड र अष्ट्रेलियाका ख्याति प्राप्त स्टन्टको अर्डिनेटर संयोजन गरिएको दृश्यले दर्शकहरुको रौँ नै ठाडो पार्ने निर्देशक कारोले बताए।

एउटा आम युवतिको दैनिक जीवनमा आउने उतार चढावको बारेमा बनेको यो चलचित्रको लागत दुई सय मिलियन डलर रहेको छ।

चाइनिज, थाई र हिन्दी भाषामा सब टाइटल रहने यो चलचित्रमा लिउ वाइफ़ल, जेट ली, डोनी यान, योसोन यान, गोङ्ग ली लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

यो चलचित्र शुक्रबार (४ डिसेम्बर २०२०) मा डिज्नी प्लस हटस्टार प्रिमियम रिलिज हुने। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?