अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा शंकराचार्य गेटमा सरसफाइ

भोलेन्टियर समूह, वीरगञ्जले नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटको सरसफाइ गरेको छ। 

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा शनिबार सरसफाइ गरिएको हो।

यसैबीच सामाजिक कार्यमा योगदान पुर्याएका केही ब्यक्ति र संस्थालाई समेत सम्मान गरेको छ। 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा कार्यकारणी सदस्य नेपाल उद्योग वाणिज्य महासङ्घका गोपाल केडिया लगायत दुई दर्जन व्यक्तिको सहभागिता थियो।

प्रकाशित मिति: : 2020-12-05 16:12:00

प्रतिकृया दिनुहोस्