हलिउडको प्रख्यात चलचित्र निर्माण कम्पनी वार्नर ब्रदर्सले आफ्नो सबै उत्पादन डिजिटल माध्यममा पनि रिलिज गर्ने भएको छ।
यो कम्पनीले आउँदो वर्ष २०२१ देखि ‘ओटीटी प्लेटफर्म एचबिओ म्याक्स’मा पनि रिलिज गर्ने भएको हो।
कम्पनीले निर्माण गरेको ‘मेट्रिक्स फोर’, ‘गोड्जिल्ला भर्सेस कोङ्ग’ र ‘ड्युन’ चलचित्र हलहरुमा रिलिजको लागि तयार छन्।
तर, कोरोना महामारीको कारण धेरै चलचित्र हलहरु बन्द रहेको कारण रिलिज हुन् सकेका छैनन्।
आफ्नो निर्माणधिन आगामी चलचित्र ‘अण्डर वुमन १९८४’ लाई चलचित्र हल र ‘ओटीटी प्लेटफर्ममा एकै पटक रिलिज गर्ने योजना छ।
तर, मल्टिप्लेक्स एसोसिएसनले भने चलचित्र हलमा रिलिज गरेको दुई महिना पछि मात्र ओटीटी प्लेटफर्ममा रिलिज गर्न अनुरोध गरेको छ।