चिरञ्जीवी घिमिरे
तनहुँमा बनेको स्थानीय पुल उद्घाटन गर्न सरकारले निषेधाज्ञा मात्र जारी गरेन, प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुव्र्यवहार गर्दै प्रहरी नियन्त्रणमा पनि लियो । स्थानीय पुलको उद्घाटनका लागि प्रतिपक्षीलाई निषेध गर्ने सरकारका प्रधानमन्त्री केपी ओलीको आफ्नै जिल्लामा र आफ्नै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि पुल अलपत्र छन् ।
पूर्व–पश्चिम हुलाकी राजमार्गको ४८ किलोमिटर खण्ड झापामा पर्छ जहाँ आठ पुल अलपत्र छन् । यी पुल निर्माण सुरु भएको एक दशक नाघिसकेको छ । जसका कारण जनता बर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । डुंगामा यात्रा गरेबापत दुई सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ, हिउँदमा पनि काठको पुल तर्दा जनताबाट रकम उठाउने गरिएको छ ।
हुलाकी राजमार्गमा पर्ने माई, रतुवा र बिरिङजस्ता ठूला नदीमा बाँसको पुल छ । जहाँ जनताले हिँडेरै पुल तरेको मात्र २० रुपैयाँ तिर्छन् । साइकलको ३० रुपैयाँ रेट छ भने मोटरसाइकलको ५० रुपैयाँ ।