फ्रान्सका पूर्वराष्ट्रपति डिएस्टेङ्गको काेराेना संक्रमणबाट मृत्यु

युरोपियन देशहरुलाई एकजुट बनाउन महत्वपूर्ण योगदान गर्ने पुरुषको रुपमा चिनिने फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको मृत्यु भएको छ।

९४ वर्षीय डिएस्टेङ्गकाे कोरोना भाइरसका कारण मृत्यु भएकाे हाे।

उनलाई केही दिन अघि श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाे। 

उनी स्वस्थ भएर घर फर्किएका थिए। तर, बुधबार अचानक समस्या भएपछि उनको घरमै निधन भएको जनाइएकाे छ। 

उनी सन् १९७४ देखि १९८१सम्‍म राष्ट्रपति बनेका थिए। 

प्रकाशित मिति: : 2020-12-03 11:53:00

प्रतिकृया दिनुहोस्