ब्रम्हपुत्र नदीमा भारत–चीन बाँध बनाउँदै

चीनले तिब्बतस्थित ब्रम्हपुत्र नदीमा बाँध बनाउने भएको छ।

चीनले तिब्बतस्थित ब्रह्मपुत्र नदीमा ६० गिगावटको जलविद्युत् परियोजना निर्माण गर्ने भएको हो।

‘चीनले तिब्बतमा ब्रह्मपुत्रबाट ६० गिगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गर्दै छ,’ चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले लेखेकाे छ। यता भातरले पनि अरुणाचल प्रदेशमा ठूलो ड्याम बनाउने योजना अघि सारेको छ। 

ब्रहम्पुत्र नदी तिब्बतबाट सुरु भई भारतको अरुणाचल प्रदेश हुँदै असमबाट बंगलादेशसम्म बगेको छ।

भारतका जलशक्ति मन्त्रालयका वरिष्ठ अधिकारी टीएस मेहरालेका अनुसार ब्रह्मपुत्रमा १० गिगावाटको हाइड्रोपावर स्थापना गर्न लागिएको हो।

उनले भने, ‘चिनियाँ बाँधको प्रतिकूल प्रभाव कम गर्न अरुणाचल प्रदेशमा पनि ठूलो बाँध चाहिन्छ। हामीले यस विषयमा सरकारका उच्च अधिकारीलाई प्रस्ताव पठाइसकेका छौं।’

उनका अनुसार ड्याम निर्माण भएपछि भारतसँग अत्यधिक पानी भण्डार गर्ने क्षमता हुन्छ।


 

प्रकाशित मिति: : 2020-12-02 08:57:00

प्रतिकृया दिनुहोस्