वीरगञ्जमा विना दाइजो विवाह सम्पन्न

तराई मधेशमा क्रूरताको साथ बढ्दै गइरहेको दाइजो प्रथा (दहेज प्रथा) निर्मूल पार्न लागि परेका दाइजो एंवम सामाजिक कुरिती जागरण मञ्चले विना दाइजो विवाह सम्पन्न गराएको छ।

मञ्चका अध्यक्ष वृजेश्वर प्रसाद चौधरीको सक्रियतामा पर्साको वीरगञ्ज महानगरपालिका २० हरपतगञ्ज अपौनी सत्येन्द्र कुमार सिंह र वीरगञ्ज महानगरपालिका १८ इनर्वा मनियारी बस्ने अंजली कुमारी सिंहको विवाह बिना दाइजोको सम्पन्न भएको छ।

केटा र केटी पक्षका अभिभावकहरुको एकआपसी खुसी राजीले विवाह सम्पन्न भएको अध्यक्ष चौधरीले बताए।

केटाका बुवा दरोगा सिंह राजपूत र केटीको बुवा मनोज सिंह राजपूतले खुसीका साथ बिना दाइजोको बिबाह गरेका हुन्।

यस्तो कार्यमा केटा पक्षले बढी भूमिका खेलेको अध्यक्ष चौधरीले बताए। यस्ता विवाहलाई स्थानीयले नयाँ रूपमा समेत हेरको चौधरीले जानकारी दिए।

तराई मधेशमा बढ्दै गएको दाइजो प्रथाले गर्दा कती जना चेली बेटीको अकालमा नै ज्यान  जाने  गरेको छ।

दाइजो नल्याएको भन्दै कती ठाउँमा ससुराल पक्षका ब्यक्तिले जिउँदै जलाइएको दिएको धेरै समाचार सार्वजनिक भइरहेको बेला यस्ता प्रयासले समाजमा परिवर्तन अवश्य आउने सहभागी सबैले विश्वास ब्यक्त गरेका छन्।

मनचले बिबाह गरेका दुबै जोडीलाई एक कार्यक्रमको आयोजना गरी समानितसमेत गर्ने अध्यक्ष चौधरीले बताए। 

उक्त विवाह कार्यक्रममा दाइजो एंवम समाजिक कुरितिविरुद्ध जागरण मञ्चका अघ्यक्ष वृजेश्वरप्रसाद चौघरीले वेहुला र वेहुली पक्षका दुबैजना अभिभावलाई विवाह मञ्चमा नै दोसाला ओढाइ सामानसमेत गरेका थिए।

उक्त अवसरमा संस्थाका सदस्य कन्हैया पटेल, समाजिक अभियन्ता लालबाबु सिंहसहित जन्तीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। 

यस्ता काम गर्ननको लागि केटा पक्षको नै भूमिका बढी हुने भएकाले आगामी दिनमा समेत यस्ता विवाह निश्चित नै हुने चौधरीले बताए।

प्रकाशित मिति: : 2020-12-01 12:35:00

प्रतिकृया दिनुहोस्