महोत्तरीमा करेन्ट लागेर ५५ वर्षीय पुरुषकाे मृत्यु

महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको गौसाला नगरपालिका ४ रजखोर बस्ने ५५ वर्षीय राजदेव साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौसालाको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए।

उनकाअनुसार साहले तरकारी बारीमा पानी पठाउनको लागि तन्दै गर्दा नांगो तारबाट अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

मृतक साहको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरी निरीक्षक रेग्मीले बताए।
 

प्रकाशित मिति: : 2020-11-30 10:00:00

प्रतिकृया दिनुहोस्