आफ्नो इज्जत बचाउन आफ्नै छोरीको हत्या, बुवाआमासहित ६ जना पक्राउ

रौतहटमा आफ्नो इज्जत बचाउन आफ्नै छोरीको हत्या गरेको आरोपमा आमा, बुवासहित ६ जना पक्राउ परेका छन्।

बुवा, आमा र भिनाजुको मिलोमतमा गत कार्तिक २६ गते रौतहटको माधव नारायण नगरपालिका ५ लौकाहाकी १८ वर्षीय अमृता कूमारीको गोली हानि हत्या गरिएको थियो।

घरमा आफ्नै आमासँगै सुतिरहेकी अमृताको गोली लागेर घटनास्थलमै  मृत्यु भएको थियो।

प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै जाँदा घटनाको १५ दिन पछि ५ जनालाई गत मंसिर शुक्रबार पक्राउ परेका थिए।

उनीहरुको बयानको आधारमा फेरी शनिबार त्यही घटनामा संलग्न रहेका रौतहटकै देवाही गोनाही नगरपालिका २ लक्ष्मिनिया कूरुनिया बस्ने कैमुल देवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटलले जनाएको छ।

पक्राउ परेका ती ६ जनालाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बिबाह पछि श्रीमानसँग सम्बन्ध बिच्छेद गरि माईतीमा बसेकी अमृताका बुवाले आफ्नो इज्जत बचाउनको लागि गोली हानि हत्या गरिएको जनाएको छ। 

उनको  गत फागुनमा सर्लाहीको रुपेश साहसँग बिहे भएको थियो  िउनी आफ्ना श्रीमानसँग सम्बन्धबिच्छेद गरेपछि माइतीमा बस्दै आएकी थिइन्अ।

मृतकी बुवाले समाजमा आफ्नो इज्जत् राख्न र माइतीमा बसेकी छोरीको पीडाबाट छुटकारा पाउनको लागि साफसूटरसँग मिलेर हत्या गराएको
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक सिद्धिबिक्रम साहले बताए।

मृतक साहको हत्या आरोपमा पक्राउ पर्नेहरू देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनिया बस्ने शेख अलियास, बहुदल भन्ने ईस्लाम अंसारी, शेख ईम्ताज , त्यस्तै माधव नारायण नगरपालिका ७ लौकाहा बस्ने मृतकको बुवा रामअयोध्या साह, मृतककी आमा सितादेवी साह र परोहा नगरपालिका४ बस्ने छोटेलाल साह रहेका छन् ।

प्रकाशित मिति: : 2020-11-30 08:47:00

प्रतिकृया दिनुहोस्