लताको खुलासा– ‘३३ वर्षमा मलाई मार्न विष ख्वाइएको थियो’

लता मंगेशकरले पहिलो पल्ट आफूलाई मार्न विष दिएको खुलासा गरेकी छिन्। उनले ३३ वर्षको उमेरमा आफूलाई विष दिएको बताइन्। 

उनले भनिन्, ‘हामी मंगेशकरहरूले यस बारेमा कुरा गरेका थिएनौं। किनकी हामी जीवनको भयानक अवस्थाबाट गुज्रिएका थियौं। १९६३ मा मलाई निकै कमजोरी महसुस भएको थियो, उठ्न पनि नसक्ने गरी। मलाई हिँडडुल गर्न पनि गाह्रो भएको थियो।’

बलिउड हंगामाको रिपोर्टअनुसार लताजीसँग सोधिएको प्रश्नमा उनले भनिन्, ‘मलाई सुक्ष्म विष दिइएको थियो। तर, मलाई डाक्टरले कहिले पनि गीत गाउन सक्दिन भनेर भनेका थिएनन्। मेरो पारिवारीक चिकित्सक आरपी कपुरले मलाई यतिसम्म भन्न भ्याएका थिए, मलाई पुरानो अवस्थामा नफर्काइ श्वास लिने छुइन।’

उनले चिकित्सककै कारण आफूले स्वर गुमाउनु नपरेको बताइन्। उनले भनिन्, ‘डाक्टर कपुरको उपचार तथा मेरो दृढ संकल्पका कारण पुनः फर्किएको थियो। तीन महिना बेडमा विश्राम गरेपछि मेरो स्वर फेरि रेकर्ड गर्न लायक भएको थियो।’

उपचारपछि लताले पहिलो गीत ‘कहिँ दीप जले कहिँ दिल’ गाएकी थिइन। हेमन्त कुमारले यो गीत कम्पोज गरेका थिए। लताले भनिन्, ‘हेमन्त दाले घरमा आएर आमासँग स्विकृति लिँदै मलाई रेकर्डिङमा लैजानु भयो।’

लताले यो गीतबाट फिल्मफेयर अवार्ड जितेकी थिइन। उनले आफ्नो स्वास्थ्य लाभमा मजरुह सुल्तानपुरीको प्रमुख भूमिका रहेको उनले बताइन्। ‘मजरुह साहेब हरेक दिन बेलुका हाम्रो घर आउनु हुन्थ्यो र मलाई कविता सुनाउने गर्नुहुन्थ्यो,’ उनले भने। 

उनले विष दिने व्यक्तिको पछि आफूलाई थाहा भएको बताइन्। तर हामीले माफी गर्‍यौं। हामीसँग उनीविरूद्ध कुनै ‘इभिडेन्स’ थिएन।

प्रकाशित मिति: : 2020-11-29 14:31:00

प्रतिकृया दिनुहोस्