कोरोनाकालमा पनि ठाँडी भन्सारमा लक्ष्यभन्दा ७७ प्रतिशत बढि राजश्व

कोरोनाकालिन समयमा पनि सिरहाको ठाँडी भन्सारले चालू आर्थिक बर्ष ०७७/०७८ को पहिलो चौमासिकमा लक्ष्य भन्दा ७७ प्रतिशत बढि राजश्व संकलन गरेको छ। 

पहिलो चौमासिकमा २ करोड ३ लाख ४९ हजार रूपैयाँ राजश्व संकलनको लक्ष्य राखेकोमा ठाँडी भन्सारले ३ करोड ६० लाख २५ हजार रूपैयाँ संकलन गरेको कार्यलय प्रमुख नरेश साहले बिएल नेपाली सेबालाई जानकारी दिए।

कार्यलय प्रमुख साहले कोभिड १९ को कहरका बेला बढिजसो धान , गहुँ लगायतका खाधन्न सामाग्री र फलफूल भारतबाट आयात भएको बताउँदै भने , चालू आर्थिक बर्षमा ६ करोड ३० लाख ३५ हजार राजश्व संकलनको लक्ष्य राखिएको छ।

गत आर्थिक बर्ष यस कार्यालयले ४ करोड ७९ लाख १४ हजार लक्ष्य राखिएकोमा ७ करोड ६४ लाख १५ हजार राजश्व संकलन गरेर रेकर्ड कायम गरेको थियो।

गत आर्थिक बर्ष लक्ष्य भन्दा ५९ प्रतिशत बढि राजश्व संकलन भएको थियो , कार्यालय प्रमुख साहले भने, चालू आर्थिक बर्षमा पनि लक्ष्यभन्दा बढि नै राजश्व संकलन हुने अपेक्षा छ।

राजश्व दिनप्रतिदिन बढ्दै गए पनि ठाँडी भन्सारको भौतिक अबस्था पर्याप्त नहुँदा समस्या झेलिरहेको पनि प्रमुख साहले बताए।

ठाँडी भन्सारमा कार्यलय भवन, गोदाम , पक्राउ परेका मालबस्तु राख्ने ठाउँको अभाब भएको पनि कार्यालय प्रमुख साहको भनाई थियो।

प्रकाशित मिति: : 2020-11-29 07:58:00

प्रतिकृया दिनुहोस्