ग्रामी अवार्डको मनोनयन सार्वजनिक

३१ जनवरी २०२१ मा आयोजना हुने सङ्गीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित र विश्व प्रसिद्ध ६३औँ ग्रामी अवार्डको मनोनयन सार्वजनिक भएको छ। कोरोना महामारीको कारण मनोनयन प्रक्रियालाई अनलाइनमा राखिएको थियो। 

यो बर्ष ८४ विधामा २३ हजार निवेदन आएको थियो। पहिलो चरणमा विज्ञले हरेक विधामा चार वा पाँच नाम छनौट गरेका छन् र दर्शकले गरेको अनलाइन भोटिङ्गबाट अन्तिम विजेताको छनौट हुनेछ। 

जसमध्ये अन्तिम सूचीमा रहेका मनोनितले उत्कृष्ट इन्जिनियर्ड एल्बम (नन क्लासिकल) मा ब्ल्याक होल रेनबो एक्सपेक्टेसन्स, हाईपर स्पेश, जैमे र २५ ट्रिप्स, उत्कृष्ट रिमिक्स रेकोर्डिङमा डू यू इभर, इमेजिनरी फ्रेण्ड्स, प्रेइङ फर यू, रोजेज र यङ एण्ड अलाइभ, उत्कृष्ट इन्जिनियर्ड एल्वम (क्लासिक) मा डेनियल पॉरः द प्यासन अफ येशुआ, गर्शविनः पोर्जी एण्ड बेस, हाइन्सः फिल्ड्स, इव्सः कम्प्लिट सिम्फनिज र सास्टकोविचः सिम्फनी नम्बर १३, उत्कृष्ट हिस्टोरिकल एल्बममा सेलिब्रेटेड, हिटिङ द र्याम्पः द अर्ली इयर, इट्स सच अ गुड फिलिङ, १९९९ सुपर डिलक्स एडिशन र थ्रु डाउन योर हार्ट, उत्कृष्ट चिल्ड्रेन्स म्युजिक एल्बम अल द लेडिज, बी ए पेनः एन एल्बम फर यङ, आइएमएन अप्टिमिस्ट,सङ फर सिंगिन र वाइल्ड लाइफ, बेस्ट डान्स र इलेक्ट्रोनिक एल्वममा किक १, प्लानेट्स म्याड, एनर्जी, बुब्बा र गुड फेथ लगायत छन्।

प्रकाशित मिति: : 2020-11-26 15:17:00

प्रतिकृया दिनुहोस्